हरिसिद्धि चाइनिज टायर कारखानामा नौ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

हरिसिद्धि चाइनिज टायर कारखानामा नौ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

काठमाडौं : ललितपुरमा नौ वर्षीया बालिका बलात्कृत भएकी छन्।

बालिका बलात्कारको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका-४ ईमाडोल ट्याम्पोपार्क बस्ने खोटाङ केपीलासगढी गाउँपालिका-५ घर भएका २६ वर्षीय नर बहादुर खत्रीलाई बुधबार साँझ पक्राउ गरेको छ।

नर बहादुरले ती बालिकालाई हरिसिद्धि चाइनिज टायल कारखानाको कम्पाउण्डको खाली जग्गामा लगि बलात्कार गरेको उजुरी परेको प्रहरी प्रभाग हरिसिद्धिले जनाएको छ।

अहिलेको बालिकाको स्वास्थ्य परीक्षणका लागि पठाइएको छ भने प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

साउन २, २०८१ बिहीबार १३:३९:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।