सर्लाहीमा एक पुरुषको कुटपिट गरेर हत्या, श्रीमती र छोरी पक्राउ

सर्लाहीमा एक पुरुषको कुटपिट गरेर हत्या, श्रीमती र छोरी पक्राउ

सर्लाही : सर्लाहीमा एक पुरुषको हत्या आरोपमा उनकी श्रीमती र छोरी पक्राउ परेका छन्।

ईश्वरपुर नगरपालिका-१३ आलेटोल बस्ने ५९ वर्षीया जंगल बहादुर बलको हत्या आरोपमा प्रहरीले उनकै श्रीमती ६६ वर्षीया रीता बल र छोरी २५ वर्षीया शितल लामालाई बुधबार दिउँसो पक्राउ गरेको हो।

घरायसी विवादको कारण उनीहरूले कुटपिट गर्दा जंगल बहादुर आफ्नै घरको कोठामा मृत अवस्थामा रहेको इलाका प्रहरी कार्यालय केशरंगजले जनाएको छ।

घटनापछि प्रहरी चौकी गौरिशंकर र इलाका प्रहरी कार्यालय केशरंगजबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो।

जंगल बहादुरको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ भने घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

साउन २, २०८१ बिहीबार १३:२३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।