सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३ सय रूपैयाँले घटेको छ।

बुधबार प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ सय रूपैयाँले घटेर १ लाख ४९ हजार ५ सय रूपैयाँमा कारोवार भैइरहेको छ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४८ हजार ८ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा १ हजार ८ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी आज ३५ रूपैयाँले घटेर १ हजार ८ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।

साउन २, २०८१ बिहीबार ११:२५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।