एनसेलको वायरफ्री प्लस सेवामा भारी छुट, अल्टिमा ग्याजेट निःशुल्क

एनसेलको वायरफ्री प्लस सेवामा भारी छुट, अल्टिमा ग्याजेट निःशुल्क

काठमाडौं : एनसेलले सञ्चालनमा रहेको ‘सधैं अन’ योजनामा आधारित भई ‘वायरफ्री प्लस’ सेवामा आकर्षक अफर ल्याएको छ।

यससँगै अब उपभोक्ताले भारी छुटमा बन्डल सेवाका साथै निःशुल्क अल्टिमाको एयरबड र स्मार्टवाच पाउन सक्ने कम्पनीले जनाएको छ।

‘वायरफ्री प्लस’ नवीन प्रविधिमा आधारित वायरलेस इन्टरनेट हो। यसबाट ग्राहकले विना झन्झट अनलिमिटेड इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको फाइदा लिन सक्ने कम्पनीले दाबी छ।

विशेष गरी घरेलु प्रयोजनका लागि उपयुक्त हुने यो सेवा ग्राहकले दराज, इसेवा, खल्ती, आइएमई पेको प्लेटफर्महरूबाट लिन सकिन्छ। यसैगरी यो अफरमा सहकार्य गरेको अल्टिमा ब्रान्डको वेबसाइटबाट पनि ग्राहकले सेवाका लागि सदस्यता लिन सक्छन्।

यो अफर अन्तर्गत ग्राहकहरूले वायरफ्री सेवाका लागि अर्ध वार्षिक सदस्यता लिँदा ३५ प्रतिशत र वार्षिक सदस्यतामा ४२ प्रतिशत छुट पनि पाउँछन्।

६ महिनाका लागि सेवा लिँदा ग्राहकले ३ हजार ४९९ पर्ने अल्टिमाको एयरबड निःशुल्क पाउँछन् भने एक वर्षको सेवा खरिदमा पाँच हजार ९९९ मूल्य पर्ने अल्टिमाको स्मार्टवाच निःशुल्क पाउनेछन्।

सेवाका लागि अर्ध वार्षिक सदस्यताको शुल्क कर सहित तीन हजार ८९९ तोकिएको छ भने वार्षिक सदस्यताको शुल्क छ हजार ९९९ रहेको छ। यी दुवै प्लान लिँदा ग्राहकले एनसेलको फोरजी राउटर पनि निःशुल्क पाउँछन्।

यो योजनामा ग्राहकले २ वटा सिमकार्ड पाउँछन्। ग्राहकले मुख्य एक सिममा प्रत्येक महिना २५० जीबी डेटा पाउँछन् भने यो डेटा भोल्युम सकिएमा ५१२ केबीपीएस गतिमा अनलिमिटेड इन्टरनेट सेवा महिना भरी लिन सकिन्छ।

दोस्रो सिममा ग्राहकले प्रत्येक महिना १०० मिनेट टक टाइम र ५ जीबी डेटा पाउँछन्।

ग्राहकले पाउने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुन्छन्। ३० दिनको समयावधि भित्र प्रयोग गरि नसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने अर्थात जोडिने छैन।

साउन २, २०८१ बिहीबार ०९:२८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।