नारायणी नदी किनारमा एक शव भेटियो

नारायणी नदी किनारमा एक शव भेटियो

काठमाडौं : नारायणी नदी किनारमा एक शव फेला परेको छ।

भरतपुर महानगरपालिका-२८ सालबासमा बुधबार अपरान्ह पौने छ बजे एक व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पुरुष व्यक्तिको जस्तो देखिने शव छ भन्ने खबरपछि प्रहरीले उक्त शवको मुचुल्का उठाएर भरतपुर सरकारी अस्पतालमा राखेको छ।

शव असार २८ गते विहान सिमलतालमा भएको बस दुर्घटनामा सवार यात्रुको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साउन २, २०८१ बिहीबार ०९:१९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।