सानिमा बैंकद्वारा सानिमा दिर्घायु बचत खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा सानिमा दिर्घायु बचत खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाडौं : सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ।

बैंकका खातावाला दिनेश कार्कीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले जानकारी दिए।

सानिमा बैंकको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट मार्केटिङ अधिकृत अन्जन कर्मचार्यले संयुक्त रूपमा बीमा रकमको चेक हस्तान्तरण गरेका हुन्।

दुर्घटनाका कारण मृत्यु भएका दिनेश कार्कीले सानिमा बैंकको हेटांैडा शाखामा सानिमा दिर्घायु बचत खाता खोलेका थिए।

सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा, १० हजारसम्मको ओपीडी भुक्तानी शुल्क सहितको  ५० हजारसम्मको औषधि उपचार बीमा र पाँच हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधाका प्रदान गर्दै आइरहेको छ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा ए.टि.एम. संचालनमा रहेका छन्।

साउन २, २०८१ बिहीबार ०८:३४:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।