अमेरिकी राष्ट्रपति बाइडेनलाई कोभिड-१९ संक्रमण

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोभिड-१९ संक्रमण

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोभिड-१९ संक्रमण भएको छ।

राष्ट्रपति निर्वाचनको दौडधूप गर्नुपर्ने बेलामा बाइडेन कोभिडबाट संक्रमित भएका हुन्।

डेमोक्र्याटिक पार्टीबाट उनीमाथि राष्ट्रपतिको दौडबाट पछि हटेर अर्कालाई मौका दिन दबाब बढिरहँदा कोभिड संक्रमित भएपछि उनीमाथि यो दबाब अझै बढ्ने देखिन्छ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी करेन जीन पियरेका अनुसार अमेरिकी राष्ट्रपतिलाई कोभिड भ्याक्सिन र बूस्टर लगाइएको छ।

प्रेस सेक्रेटरीका अनुसार बाइडेनलाई यसअघि पनि दुई पटक कोभिड–१९ बाट सङ्क्रमण भएको थियो। संक्रमित भएपछि बाइडेनले ट्वीटमार्फत यसको जानकारी दिएका छन्।

बाइडेन बुधबार लस भेगासमा आफ्ना समर्थकहरूलाई भेटेर कुरा गरिरहेका थिए। पछि उनले चुनावी भाषण रद्द गरेका थिए।

साउन २, २०८१ बिहीबार ०७:४१:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।