रास्वपाले आज ‘नीति मन्थन’ गर्दै

रास्वपाले आज ‘नीति मन्थन’ गर्दै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज तीति मन्थन कार्यक्रम गर्दैछ।

कार्यक्रम दिउँसो तीन बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा हुने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

पार्टीको अर्ननीति विभाग र उद्योग तथा वाणिज्य विभागले आयोजना गरेको मन्थनमा सभापति रवि लामिछाने सहित उपसभापति डा. स्वर्णिम वाग्ले र नेता गणेश पराजुलीले सम्बोधन गर्दैछन्।

यस्तै मन्थनको प्यानल डिस्कसनम नरबहादुर थापा, वर्षा श्रेष्ठ र भुवन कुमार दाहाल अतिथि रहँदा अनिल केशरी शाहले सहजकर्ताको भूमिका निर्वाह गर्नेछन्।

पार्टीको उक्त कार्यक्रममा सम्पूर्ण पदाधिकारीसहित केन्द्रीय सदस्य, केन्द्रीय विभागका सदस्य र पार्टीका सल्लाहकारहरू उपस्थित रहनेछन्।

साउन २, २०८१ बिहीबार ०७:३३:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।