कुकुरलाई पिटेको विषयमा झगडा हुँदा छोराको ढुङ्गा प्रहारबाट बुबाको ज्यान गयो

कुकुरलाई पिटेको विषयमा झगडा हुँदा छोराको ढुङ्गा प्रहारबाट बुबाको ज्यान गयो

काठमाडौं : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा ढुङ्गा प्रहार गरी बुबाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्। 

कावासोती-५ ठकुरीचोकका १८ वर्षीय निराजन कुमालको ढुङ्गा प्रहारबाट बुबा ४३ वर्षीय प्रेम कुमालको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए।

उनका अनुसार आफ्नो घरमा पालेको कुकुरलाई बुबाले पिटेको विषयमा झगडा पर्दा छोराले प्रहार गरेको ढुङ्गा टाउकोमा लागेर बुबाको घटनास्थलमै मृत्यु भएको हो।

घटनास्थलमा प्रहरी निरीक्षक विक्रम रिजालको नेतृत्वमा प्रहरी टोली परिचालन गरी हत्यामा संलग्न निराजनलाई नियन्त्रणमा लिइएको छ। 

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

साउन १, २०८१ बुधबार २१:३३:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।