महिलालाई आर्थिक प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाएको आरोपमा रेस्टुरेन्ट सञ्चालक पक्राउ

महिलालाई आर्थिक प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाएको आरोपमा रेस्टुरेन्ट सञ्चालक पक्राउ

काठमाडौं : महिलाहरूलाई आर्थिक प्रलोभनमा पारी वेश्यावृत्ति गराउने कार्यमा संलग्न रहेको आरोपमा रेस्टुरेन्ट सञ्चालक पक्राउ परेका छन्

प्रहरीले बाराको कलैया उप-महानगरपालिका -५ घुसुकपुरमा सञ्चालित होटेलमा विभिन्न ठाउँबाट महिलाहरू बोलाई आर्थिक प्रलोभनमा पारी वेश्यावृत्तिको कार्य गराएको सूचनाको आधारमा हिमानी रेस्टुरेन्ट तथा पार्टी प्यालेसमा छापा मार्दा चार महिला, एक युवकसहित रेस्टुरेन्ट सञ्चालक श्यामसुन्दर प्रसाद यादवलाई पक्राउ गरेको हो। 

पक्राउ परेका महिलाहरू र युवकको नाम गोप्य राखिएको बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए।

उनीहरूमाथि मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुर मुद्दा दर्ता गरी अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।  

साउन १, २०८१ बुधबार २१:१०:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।