विपद्मा परी हालसम्म १२४ जनाको मृत्यु, १४० जना घाइते

विपद्मा परी हालसम्म १२४ जनाको मृत्यु, १४० जना घाइते

काठमाडौं : अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म एक सय २४ जनाको मृत्यु भएको छ।

काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेशमा ५ जना, बागमतीमा १९ जना, गण्डकीमा ३८ जना, लुम्बिनीमा २३ जना, कर्णालीमा ७ जना र सुदूरपश्चिममा ८ जना गरी जम्मा १ सय २४ जनाको मृत्यु भएको हो। 

काठमाडौं उपत्यकामा ८ जना, कोशी प्रदेशमा ३४ जना, मधेशमा ९ जना, बागमतीमा ७ जना, गण्डकीमा २९ जना, लुम्बिनीमा ९ जना, कर्णालीमा ३३ जना र सुदूरपश्चिममा ११ जना गरी जम्मा १ सय ४० जना घाइते भएका छन्। घाइतेहरूको  स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

कोशीमा ४१ जना, गण्डकीमा १२ जना गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ। 

बाढी-पहिरोमा परी कोशीमा २ जना, मधेशमा १ जना, बागमतीमा २ जना, गण्डकीमा १ जना, कर्णालीमा १ जना र सुदूरपश्चिममा १ जना गरी ८ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी छ।

बाढीको कारण जम्मा १ सय ८२ घर डुबानमा परेका छन्। २ सय १८ वटा घर, ८० वटा गोठ, ४३ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ५ सय ८४ वटा पशुचौपायको मृत्यु भएको छ। 

उक्त अवधिमा विपद्का घटनाबाट ३ हजार ७ सय २ घर परिवार विस्थापित भएका छन्। 

बाढी-पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ। 

साउन १, २०८१ बुधबार २०:०९:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।