तिहारमा प्रदर्शनको तयारी गरिएको फिल्म एक्टरको छायाङ्कन सकियो

तिहारमा प्रदर्शनको तयारी गरिएको फिल्म एक्टरको छायाङ्कन सकियो

काठमाडौँ : ४५ दिनमा फिल्म ‘एक्टर’को छायाङ्कन सकिएको छ। वैशाख अन्त्यतिरबाट पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजा गर्दै छायाङ्कन सुरु गरिएको फिल्मको दुई चरण गरी ४५ दिनमा छायाङ्कन सकिएको हो।

पोखरामा १० दिन र काठमाडौँमा ३५ दिन फिल्मको छायाङ्कन भएको थियो। निर्माता थमन कुमार भण्डारीका अनुसार फिल्मको एक गीतको छायाङ्कन भने बाँकी छ। सो गीतको छायाङ्कन युरोपमा गर्ने तयारी छ।

राजन भुसालको डेब्यु निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, दिव्या रायमाझी, राजबल्लभ कोइराला, आना शर्मा, सुशील सिटौला, दिव्य देव, उषा रजक, प्रदीप चौधरी ‘पिके’, बादल भट्ट, अनोज पाण्डे, सुप्रज्ञा शर्मा, सिर्जना अधिकारीको अभिनय छ।

राजबल्लभ दश वर्षपछि यही फिल्मबाट नेपाली फिल्ममा कमब्याक गरेका हुन्। फिल्म निर्माण टिमले प्रदर्शन मिति कात्तिक १५ तोकेको छ।

साउन १, २०८१ बुधबार १९:३२:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।