साउन ६ गते विश्वासको मत लिँदै प्रधानमन्त्री ओली

साउन ६ गते विश्वासको मत लिँदै प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते विश्वासको मत लिने भएका छन्।

प्रधानमन्त्री ओलीले साउन ६ गत बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने सत्ता पक्षका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

आज प्रधानमन्त्री ओलीले केही मन्त्री र सत्तापक्षका सचेतकहरुसँग छलफल गरेसँगै विश्वासको मत लिने तय भएको हो।

ओली गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए भने ३१ गते शपथग्रहण गरेका थिए। 

साउन १, २०८१ बुधबार १७:२३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।