महान्यायाधिवक्तामा दोहोरिए रमेश बडाल, दुवैपटक ओलीको सिफारिसमा नियुक्ति

महान्यायाधिवक्तामा दोहोरिए रमेश बडाल, दुवैपटक ओलीको सिफारिसमा नियुक्ति

काठमाडौं : वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरिएको छ। 

बुधबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै उनलाई नियुक्त गरेको हो। 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरे।

महान्यायाधिवक्ता सरकारको कानूनी सल्लाहकार मानिन्छ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा २०७७ चैतदेखि २०७८ असारसम्म करिब चार महिना बडाल महान्यायाधिवक्ता थिए।

मंगलबार यसअघिका महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएपछि राजीनामा दिएका थिए।

साउन १, २०८१ बुधबार १६:५२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।