नेप्से ५४ अंकले बढ्यो, कारोबार रकम १२ अर्ब माथि

नेप्से ५४ अंकले बढ्यो, कारोबार रकम १२ अर्ब माथि

काठमाडौँ : अर्थमन्त्रालयमा विष्णु पौडेल आएसँगै बजार उकालो लागिरहेको छ। बुधबार नेप्से परिसूचक ५४.०४ प्रतिशतले. बढेर २३६४.६३ पुगेको छ।

अघिल्लो कारोबारमा नेप्से परिसूचक ७०.१८ अंकले बढेर २३००.१० को विन्दुमा कायम भएको थियो। 

कारोबारको हिसाबले बुधबार १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार बराबरको कारोबार भएको थियो।

बुधबार २०४ वटा कम्पनीको सेयर मूल्य बढेको छ। ३२ कम्पनीको घटेको छ भने ६ कम्पनीको भने मूल्य स्थिर छ। 

बुधबार सेन्ट्रल फाइनान्सको सेयर मूल्यमा सर्किट लागेको छ। सिंगटी हाईड्रोपावर र अंकु खोला जलविद्युत आयोजनाको क्रमशः ९.९७ र ९.९५ प्रतिशतले बढेको छ। 

म्युचुअल फन्ड, सामूहिक लगानी कोष र कतिपय जलविद्युत कम्पनीहरूको सेयर मूल्यमा उच्च गिरावट भएको छ। यस दिन ३२ कम्पनीको मूल्य घट्दा सिटिजन म्युचुअल फन्टको ९.९ प्रतिशत घटेको हो। 

साउन १, २०८१ बुधबार १६:१९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।