नेपाल एयरलाइन्सले तिर्‍यो ४३ करोड ऋण

नेपाल एयरलाइन्सले तिर्‍यो ४३ करोड ऋण

काठमाडौं : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ४३ करोड ९ लाख रुपैयाँ ऋण तिरेको छ।

अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणमध्ये सिस्ताबापत निगमले असार ३१ गते ४३ लाख ९ लाख ५५ हजार २८१ रुपैयाँ रकम भुक्तानी गरेको हो।

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात निगमले २०८१ आषाढ सम्मको अवधिमा ५ अर्ब ७९ करोड ७६ लाख ४२ हजार २४९ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

निगमले कोरोना महामारीको अवधिको ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन साथै किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन समेत कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको छ।

साउन १, २०८१ बुधबार १४:१७:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।