ओमानमा समुन्द्रमा तेल ट्याङ्कर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता

ओमानमा समुन्द्रमा तेल ट्याङ्कर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता

एजेन्सी : ओमानको सामुन्द्रिक क्षेत्रमा ‘प्रेस्टिज फाल्कन’ नामक तेल ट्याङ्कर जहाज पल्टिएको छ।

जहाज डुब्दा १३ भारतीयसहित १६ जना बेपत्ता छन्। तीन जना श्रीलंकाली नागरिक रहेको बीबीसीले जनाएको छ। १६ जना सबै चालक दलका सदस्यहरू थिए।

अफ्रिकी देश कोमोरोसको झण्डा भएको एक तेल ट्याङ्कर जहाज १५ जुलाईमा ओमान नजिकैको समुन्द्रमा डुबेको ओमानको सामुद्रिक सुरक्षा केन्द्रले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिएको हो।

सामुद्रिक सुरक्षा केन्द्रका अनुसार जहाज डुबेको जानकारी प्राप्त हुनासाथ खोजी तथा उद्धार कार्य सुरु गरिएको थियो।

साउन १, २०८१ बुधबार १२:१३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।