सिमलताल दुर्घटनामा बेपत्ता १८ जनाको शव भेटियो, नौ वटा सनाखत

सिमलताल दुर्घटनामा बेपत्ता १८ जनाको शव भेटियो, नौ वटा सनाखत

काठमाडौं : नारायणगढ-मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका १८ जनाको शव फेला परेको छ।

भेटिएकामध्ये ९ जनाको मात्र सनाखत भएको चितवन प्रहरीले जनाएको छ। उसका अनुसार सनाखत भएकामध्ये तीन भारतीय र छ नेपाली नागरिक हुन्।

जसमा त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव घटनास्थलभन्दा १०३ किलोमिटर तल गण्डक ब्यारेज पुलमा फेला परेको हो।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार दुई जनाको शवको मंगलबार उनीहरूका परिवारले सनाखत गरेका हुन्।

त्रिशुली नदीमा बससँगै बेपत्ता रहेका अझै ४४ यात्रुको अवस्था अज्ञात रहेको छ भने दुवै बस अहिलेसम्म भेटिएका छैन।

नेपाली सेना, सशस्त्र प्रहरीको गोताखोर टोलीले त्रिशुली नदीमा बस खोज्ने क्रम जारी राखेको छ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-०११ ख २५९५ नम्बरको गणपति डिलक्स बस गत असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए।

साउन १, २०८१ बुधबार १०:३५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।