समयमा काम नगर्ने चार निर्माण कम्पनी कालोसूचीमा

समयमा काम नगर्ने चार निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं : प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका चारवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

अनुगमन कार्यालयले बुधबार सूचना जारी गर्दै काममा ढिलासुस्ती गर्ने चारवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको जनाएको हो।

कालो सूचीमा राख्नको लागि विभिन्न निकायबाट लेखि आएकाले ती निर्माण कम्पनीलाई दुई वर्षदेखि ६ महिनासम्मको लागि कालो सूचीमा राखिएको अनुगमन कार्यालयको सूचनामा उल्लेख छ।

सरकारको कालोसूचीमा पर्ने कम्पनीहरूमा बीएस भैरवशक्ति निर्माण सेवा डोटी, मस्टा जबीडी कन्डक्टसन इन्जिनियरिंग, काठमाडौं लगायत रहेका छन्।

कार्यालयले कालो सूचीमा राखिएका कम्पनीसँग यस अवधिमा कुनै पनि खरिद सम्झौता र कारोबार नगर्न कार्यालयले अनुरोध गरेको छ।

साउन १, २०८१ बुधबार ०९:०९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।