नागरिक लगानी कोषमा सहभागीलाई साउन १ गतेदेखि थप प्रतिफल, घट्यो ब्याजदर

नागरिक लगानी कोषमा सहभागीलाई साउन १ गतेदेखि थप प्रतिफल, घट्यो ब्याजदर

काठमाडौं : नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीहरूलाई नियमित ब्याजका अत्तिरिक्त आर्थिक वर्ष २०७९/८० को नाफाबाट १ दशमलव २५ प्रतिशत थप प्रतिफल दिने भएको छ।

कोष सञ्चालक समितिले आर्थिक वर्ष २०७९/८० को नाफाबाट तत्कालिन सहभागीहरूलाई २०७९ चैत मसान्तसम्मको मौज्दातमा प्रतिफल दिन लागेको कोषले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ।

यसरी प्रतिफल वितरण गर्दा बचत वृद्धि अवकाश कोषका साढे ३ लाख सहभागीहरूलाई करिब १ अर्ब ६६ करोड रुपैयाँ वितरण हुनेछ।

ब्याजदर परिवर्तन, कुन योजनाको कति ?
कोष सञ्चालक समितिको निर्णय अनुसार चालु आवको साउन १ देखि ब्याजदर परिवर्तन भएको छ।

परिवर्तित ब्याजदर अनुसार कर्मचारी वचत वृद्धि अवकाश कोषका सहभागीलाई दिइने ब्याजदर ६.५० प्रतिशत कायम भएको छ। यो योजनाको ८० प्रतिशत ऋण सापटीको ब्याजदर ८ प्रतिशत निर्धारण भएको छ। यसअघि यसको ब्याजदर ८. ५ प्रतिशत रहेको थियो।

नागरिक एकांक योजनाको संस्थागततर्फ ब्याज ७ प्रतिशत र व्यक्तिगततर्फ ७.५० प्रतिशत निर्धारण गरिएको छ।

यसैगरी उपदान तथा पेन्सन योजनामा ५.५, लगानीकर्ता अवकाश कोष योजनामा ५.५, नार्क बीमा कोषमा ६ र राष्ट्रसेवक जीवन बीमा कोषको ५.५ प्रतिशत ब्याजदर कायम गरिएको छ।

कर्जाको ब्याजदर तर्फ शैक्षिक कर्जाको हकमा ८.५०, आवाश कर्जामा ८.५०, सरल कर्जामा ९, र सवारी कर्जामा ९ प्रतिशत कायम भएको छ। यसअघि शैक्षिक कर्जामा ९.५, आवाश कर्जामा ९, सरल कर्जामा ९.५ र सवारी कर्जामा ९.५ प्रतिशत ब्याजदर रहेको थियो।

कोषले सहभागीहरूलाई प्रदान गर्ने ब्याज र कर्जामा लिने ब्याजदर प्रत्येक तीन–तीन महिनामा पुनरावलोकन गर्ने गरेको छ।

साउन १, २०८१ बुधबार ०८:३८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।