थाइल्यान्डको फाइभ स्टार होटलमा छ पर्यटक मृत भेटिए, विष दिएको आशंका

थाइल्यान्डको फाइभ स्टार होटलमा छ पर्यटक मृत भेटिए, विष दिएको आशंका

एजेन्सी : थाइल्याण्डको राजधानी बैंककमा रहेको एक फाइभ स्टार होटलको कोठामा भियतनामी मूलका कम्तीमा ६ जना मानिस मृत फेला परेका छन्।

सरकारका अनुसार यी मृतकमध्ये केही भियतनामी मुलका अमेरिकी थिए। स्थानीय मिडियाले सुरुमा फाइभ स्टार होटल ग्रान्ड हयात इरावान होटलमा गोली चलेको रिपोर्टिङ गरेका थिए।

तर, प्रहरीले ती रिपोर्टहरूलाई अस्वीकार गर्दै गोलीबारी भएको कुनै प्रमाण फेला नपरेको बतायो।

यद्यपि अहिले प्रहरीले ती व्यक्तिलाई विष खुवाएको हुनसक्ने बताएको छ। पनि विष सेवनको विषय पनि पुष्टि भने हुन सकेको छैन।

थाइल्याण्डकी प्रधानमन्त्री श्रेष्ठ थाविसिनले पनि घटनास्थल पुगेर मृत्युको छानबिन गर्न आदेश दिएका छन्। यो घटनाले देशको छवि र पर्यटनमा कुनै असर नहोस् भन्ने आफू चाहेको उनले बताएका छन्।

छ जनाको मृत्यु भएको २४ घण्टा भइसकेको हुनसक्ने प्रहरीको अनुमान छ। मृतकहरूको पोष्टमार्टमपछि थप तथ्य फेला पर्ने प्रहरीले बताएको छ।

यसअघि थाई पब्लिक ब्रोडकास्टिङ सर्भिसले प्रहरीलाई उद्धृत गर्दै तीन महिला र तीन पुरुषको मृत्यु भएको जनाएको थियो। उनीहरूलाई विष दिइएको प्रहरी मेजर जनरल थिरादेक थामसुथीले थाई पब्लिक ब्रोडकास्टिङ सर्भिसलाई बताएका थिए।

साउन १, २०८१ बुधबार ०७:३४:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।