संघीय संसद्का तीन समितिको बैठक बस्दै

संघीय संसद्का तीन समितिको बैठक बस्दै

काठमाडौं : प्रतिनिधि सभा र राष्ट्रिय सभाका तीन संसदीय समितिका बैठक आज बस्दैछन्।

प्रतिनिधि सभा अन्तर्गत महिला तथा सामाजिक मामिला समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको विहान ११ बजे बस्दैछ।

३६औं महिला तथा सामाजिक समितिको बैठकमा बैठकमा राज्यको मुलप्रवाहमा मधेशी समुदायको समावेशीताको अवस्था र यस सम्बन्धमा मधेशी आयोगले खेल्दै आएको भूमिकाको विषयमा छलफल हुनेछ।

त्यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल हुनेछ।

यस्तै राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक विहान साढे ११ बजे सिंहदरबारस्थित संसदीय समितिका कार्यालयहरूमा बस्दैछन्।

बैठकमा समितिको कार्य प्रभावकारिताको लागि उपसमिति गठनका सम्बन्धमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ।

साउन २, २०८१ बुधबार ०७:१८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।