बसपार्कको शौचालय नजिकै बालिका बलात्कार गरेको आरोपमा ३८ वर्षीय पुरुष पक्राउ

बसपार्कको शौचालय नजिकै बालिका बलात्कार गरेको आरोपमा ३८ वर्षीय पुरुष पक्राउ

काठमाडौं : प्रहरीले १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

सिन्धुली गोलन्जोर गाउँपालिका-५ घर भई चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने ३८ वर्षीय नवराज श्रेष्ठ पक्राउ परे। 

उनलाई मंगलबार बिहान प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले पक्राउ गरेको हो।

बालिकालाई भक्तपुरस्थित कमलबिनायक बसपार्कको शौचालय नजिकै शनिबार राति बलात्कार गरेको उनीमाथि आरोप छ। 

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। 

साउन १, २०८१ मंगलबार २१:०९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।