१० महिनापछि पक्राउ परे अबैध सुनको कारोबार गर्ने मुख्य योजनाकार योञ्जन

१० महिनापछि पक्राउ परे अबैध सुनको कारोबार गर्ने मुख्य योजनाकार योञ्जन

काठमाडौं : जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अबैध सुनको कारोबार गर्ने मुख्य योजनाकारलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा काभ्रे महाभारत गाउँपालिका वडा नम्बर २ का विकास योञ्जन छन्। ९६० ग्राम सुन तस्करीका योजनाकार उनलाई प्रहरीले मंगलबार चाबहिलस्थित स्मार्ट पार्टी प्यालेसबाट पक्राउ गरेको हो। 

प्रहरीका अनुसार २०८० को भदौ २५ गते बिहान साढे ९ बजे दुबईबाट हिमालयन एयरलाइन्सबाट बाबुलाल दोङ भन्ने काठमाडौं आइपुगेका थिए। 

उनले सुन ल्याएको भन्ने सूचना पाएपछि प्रहरीको टोलीले उनलाई काठमाडौं महानगर वडा नम्बर ९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर हिँड्दै गर्दा फेला पारेको थियो। प्रहरी वृत्त गौशालामा लग्दा उनले मलद्वारमा ९६० ग्राम सुन लुकाएर ल्याएको फेला परेको थियो। 

उनीमाथि सोधपुछ गर्दा उक्त सुन विकासको भएको बयान दिएका थिए।

थप अनुसन्धानका लागि दुबै जनालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ।

असार ३१, २०८१ मंगलबार १९:२३:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।