भावी रणनीति बनाउँदै समाजवादी मोर्चा

भावी रणनीति बनाउँदै समाजवादी मोर्चा

काठमाडौं : समाजवादी मोर्चाको बैठकको बैठक सुरू भएको छ। 

बैठक एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा सुरू भएको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफलको साथै मोर्चाको आगामी रणनीति तय गरिने बताइएको छ।

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द्र विप्लव लगायतका नेताहरू उपस्थित छन्।

मोर्चामा अहिले माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टी छन्। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल पनि मोर्चामै सहभागी भएको भएपनि यसअघि प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएपछि उसले मोर्चा छोडेको बताइएको छ। 

असार ३१, २०८१ मंगलबार १७:१२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।