एनएमबी बैंकको इभी अटो लोन ८.९९ प्रतिशतमा ७ वर्षको लागि
काठमाडौं : एनएमबी बैंकले विद्युतीय सवारीसाधनहरू ७ वर्षको अवधिका लागि मात्र ८.९९ प्रतिशत निश्चित ब्याजदरमा उपलब्ध गराएको छ।
नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विद्धुतिय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गरेको हो।
ग्राहकहरूले अब सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्स गरि दिगो भविष्यतर्फ योगदान दिन सक्नेछन्। लचिलो भुक्तानी विकल्पहरू र द्रुत स्वीकृति प्रक्रियाहरूसहित ग्राहकहरूले सजिलै एनएमबि सुलभ अटो लोन लिन सक्ने बैंकले जनाएको छ।
यस बैंकले हाल देशभर २०१ शाखा, १८७ एटिएम र ११ एक्स्टेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।
असार ३१, २०८१ मंगलबार १६:५७:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।