महिला आयोगले भन्यो- ओली नेतृत्वको सरकारमा समानुपातिक समावेशीता कायम भएन

महिला आयोगले भन्यो- ओली नेतृत्वको सरकारमा समानुपातिक समावेशीता कायम भएन

काठमाडौं : राष्ट्रिय महिला आयोगले एमाले अध्यक्ष केपी ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद्मा जम्मा ९ प्रतिशत मात्रै महिला मन्त्री नियुक्ति गरिएको भन्दै असन्तुष्टि जनाएको छ। 

मंगलबार अध्यक्ष कमला पराजुलीले जारी गरेको उक्त विज्ञप्तिमा ९ प्रतिशतमात्र महिला मन्त्री नियुक्ति हुनुले संविधानमा गरिएको व्यवस्थालाई समेत राजनीतिक दलहरूबाट बेवास्ता गरेर महिला नेतृत्वलाई अवसरबाट वञ्चित गरिएको उल्लेख छ। 

संविधानको धारा ३८ को उपधारा ४ मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक रहने व्यवस्था गरिएको आयोगले स्मरण गराएको छ। 

ओली नेतृत्वको मन्त्रिपरिषद्मा कांग्रेसबाट आरजु राणा परराष्ट्रमन्त्री र एमालेबाट विद्या भट्टराई शिक्षामन्त्री छन्।  

असार ३१, २०८१ मंगलबार १६:३०:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।