ओली नेतृत्वको सरकार बनेपछि राजीनामा दिएका महान्यायाधिवक्ता पोखरेलको राजीनामा स्वीकृत

ओली नेतृत्वको सरकार बनेपछि राजीनामा दिएका महान्यायाधिवक्ता पोखरेलको राजीनामा स्वीकृत

काठमाडौं : महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलको राजीनामा स्वीकृत भएको छ। 

मंगलबार उनको राजीनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गरेर जानकारी दिइन्।  

कांग्रेस-एमाले गठबन्धनबाट उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो राजीनामा दिएका थिए। 

पोखरेललाई २०७९ पुस १३ गते पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले महान्यायाधिवक्ता नियुक्त गरेको थियो।

असार ३१, २०८१ मंगलबार १६:०६:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।