ह्युन्डाई फेस्टिभ डिलाइट २०८० अफरको विजेता घोषणा

ह्युन्डाई फेस्टिभ डिलाइट २०८० अफरको विजेता घोषणा

काठमाडौं : ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैँ तिहारको उपलक्ष्यमा ल्याएको ‘ह्युन्डाई फेस्टिभ डिलाइट २०८०’ अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ।

सो अफर अनुरुप हरेक नयाँ ह्युन्डाई गाडीको खरिदमा ग्राहकहरूले छ लाखसम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत १ जना विजेतालाई हुन्डाई एक्टर जित्ने मौका थियो।

‘ह्युन्डाई फेस्टिभ डिलाइट २०८०’ अफरको विजेताको घोषणा ह्युन्डाई नेपालको फेसबुकमा लक्की ड्र मार्फत २०८१ असार ३१ गते ११ बजे गरिएको थियो। कार्यक्रम कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनालको प्रमुख आतिथ्यतामा भएको थियो।

‘ह्युन्डाई फेस्टिभ डिलाइट २०८०’ अफर अनुरुप बम्पर लक्की ड्र अन्तर्गत सुनसरीका ईन्द्रप्रसाद गुरागाईंले (कुपन नम्बर ५३, अलायन्स मोटर्स प्रालि, बिर्तामोड)ले ह्युन्डाई एक्टर जितेका छन्।

यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र ‘ह्युन्डाई फेस्टिभ डिलाइट २०८०’ योजना मार्फत पनि ग्राहकहरूलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको थियो।

असार ३१, २०८१ मंगलबार १२:५३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।