गंगालाल अस्पताललाई पाँच सय शैय्यामा विस्तार गरिने मन्त्री पौडेलको उद्घोष

गंगालाल अस्पताललाई पाँच सय शैय्यामा विस्तार गरिने मन्त्री पौडेलको उद्घोष

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले शहीद गङ्गालाल हृदय रोग केन्द्रलाई पाँच सय शैय्यामा विस्तार गर्न गुरु योजना तयार गर्ने बताएका छन्।

मन्त्रालयको पदभार सम्हाले लगत्तै शहीद गङ्गालाल हृदय केन्द्र पुगेका मन्त्री पौडेल त्यहाँको वस्तुस्थितिबारे जानकारी लिँदै यस्तो उद्घोष गरेका हुन्।

मन्त्री पौडेलले केन्द्रका कार्यकारी निर्देशकलगायत कर्मचारीहरूसँग छलफल गरी अन्य विभिन्न विषयमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

सो क्रममा गङ्गालाल अस्पताललाई ५०० शैयामा विस्तार गर्न गुरु योजना तयार गर्ने बताए। उनले अन्य ६ वटै प्रदेशमा समेत हृदय रोग केन्द्रको स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाउने बताएका छन्।

अघिल्लो सरकारको नीति तथा कार्यक्रममा समावेश भए अनुसार यस केन्द्रलाई प्रतिष्ठानमा स्तरोन्नति गर्ने योजनालाई कार्यान्वयनमा लैजाने उनले बताए।

असार ३१, २०८१ मंगलबार १२:०२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।