लक्ष्यको ७५ प्रतिशत मात्र संकलन भयो राजस्व

लक्ष्यको ७५ प्रतिशत मात्र संकलन भयो राजस्व

काठमाडौं : सरकारले आर्थिक वर्ष २०८०/८१मा लक्ष्यअनुसार राजस्व उठाउन असफल भएको छ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा करिब ७५ प्रतिशत अर्थात १० खर्ब ७५ अर्ब रुपैयाँ बराबर राजस्व उठेको छ।

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेट खर्च १५ खर्ब ३० अर्ब हुने र १२ खर्ब ५३ अर्ब रुपैयाँबराबर राजस्व संकलन हुने अनुमान गरेका थिए। तर उनको अनुमान असफल भएको तथ्यांकले देखाएको छ।

अर्थतन्त्रमा आएको सङ्कुचन, महँगी बढ्नु र आयात घट्नुलगायत कारण राजस्व कम उठेको सरकारको दाबी छ।

महालेखाको तथ्याङ्कअनुसार सरकारले करिब ११ खर्ब रुपैयाँ आम्दानी गरेको छ। जुन खर्चभन्दा तीन खर्ब रुपैयाँ कम हो।

असार ३१, २०८१ मंगलबार ११:५६:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।