सुनको मूल्य बढ्दा चाँदीको घट्यो

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौं : साताको तेस्रो दिन मंगलबार सुनको मूल्य बढ्दा चाँदीको घटेको छ।

सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्दा चाँदी १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको १ लाख ४७ हजार ८ सय रुपैयाँ कायम भएको छ। यो अहिलेसम्मकै उच्च रेकर्ड हो।

यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख ४७ हजार १ सय रुपैयाँ रहेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार ८७५ रुपैयाँ रहेको छ।

सोमबार छापावाल सुन तोलाको १ लाख ४६ हजार ९ सय र चाँदी तोलाको १ हजार ८८५ रुपैयाँ थियो।

असार ३१, २०८१ मंगलबार ११:०८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।