महानगरको श्रम बैंकबाट ९ सय ११ जनाले रोजगारी पाएको प्रमुख शाहको दाबी

महानगरको श्रम बैंकबाट ९ सय ११ जनाले रोजगारी पाएको प्रमुख शाहको दाबी

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरको श्रम बैंकमार्फत ९११ जनाले रोजगारी पाएको दाबी गरेका छन्।

महानगरको श्रम बैंकमार्फत ३२९ जनालाई निजी र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरिएको प्रमुख शाहले बताए।

‘काठमाडौं महानगरले रोजगारी प्रवर्द्धनका लागि तीन वर्षको कार्ययोजना बनाइ कम्तीमा १५ हजार जनालाई तालिम तथा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि’ तथा ‘श्रम बैंक’ स्वर्णिम योजना अगाडि बढाएको हो’, मेयर बालेनले सामाजिक सञ्जालमार्फत भनेका छन्।

उनले थपे, ‘यसबाट श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरी जम्मा ९११ जनाले रोजगारी पाएका छन्। जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको छ।’

असार ३१, २०८१ मंगलबार ०९:२३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।