टेलिकमको मनसुन अफर, ल्यायो नयाँ भ्वाइस र डेटा प्याक
काठमाडौं : नेपाल टेलिकमले साउने १ गतेदेखि लागू हुनेगरी मनसुन अफर सार्वजनिक गरेको छ।
जसअन्तर्गत प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको १९९ रुपैयाँदेखि कम्बो प्याकेजसमेत पाउन सकिने कम्पनीले जनाएको छ।
यस अन्तर्गत १९९ रुपैयाँमा २०० मिनेट अल-नेट भ्वाइस र २ जीबी डेटा सहितको कम्बो १९९ प्याक सञ्चालनमा आउनेछ।
यस्तै कम्पनीले २९९ रुपैयाँमा ३०० मिनेट अल-नेट भ्वाइस, ४ जीबी डेटा र २० अन-नेट एसएमएस सहितको कम्बो, ४९९ रुपैयाँमा ५०० मिनेट अल-नेट भ्वाइस, ८ जीबी डेटा र १०० अल-नेट एसएमएस सहितको कम्बो उपलब्ध गराएको छ।
कम्पनीका अनुसार प्रिपेड र पोस्टपेड जुनसुकै मोबाइल प्रयोगकर्ताले सजिलो अन लिमिटेड प्याक अन्तर्गत ६९९ रुपैयाँमा अन लिमिटेड अल-नेट भ्वाइस, १५ जीबी डेटा र २०० अलनेट एसएमएस पाउनेछन्।
साथै सजिलो अन लिमिटेड ७९९, ९९९ र १४९९ प्याकमा ग्राहकलाई सुविधा थप गरी उक्त प्याकहरूलाई अझै आकर्षक बनाइएको कम्पनीले जनाएको छ। जसमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताको लागि ३० दिनको समयावधि रहनेछ।
डेटा प्याक अन्तर्गत १ दिनदेखि २८ दिनसम्म समयावधि रहेका २९ रुपैयाँ देखि ९९९ सम्मका एक जीबीदेखि १ सय जीबीसम्मका डेटा प्याकहरू उपलब्ध हुनेछन्।
पोस्टपेडमा भने ३७३ रुपैयाँ वा सो भन्दा बढी मूल्यको प्याकेज खरिद गर्दा मासिक रुपमा तिनुपर्ने रेन्टल चार्ज पनि प्याकेजमा नै समावेश हुने प्रवक्ता किशोर कुमार भट्टले जानकारी दिए।
कम्पनीले ४९ रुपैयाँमा १ दिनका लागि १ एमबीपीएस अन लिमिटेड डेटा प्याकेज र ५९ रुपैयाँमा अन लिमिटेड अन-नेट भ्वाइस एवं ५ एमबीपीएस सम्मको अनलिमिटेड डेटा सहितको अन लिमिटेड नाइट कम्बो प्याक तथा १९९ रुपैयाँमा भ्वाइस तथा डाटा सुविधा सहितको अन लिमिटेड विक्ली कम्बो प्याक पनि उपलब्ध गराएको छ।
ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# डायल गरेर वा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेजहरू सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन्।
असार ३१, २०८१ मंगलबार ०८:३१:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।