हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई ‘इन्स्योरेन्स एसिया अवार्ड’मा दुई अवार्ड

हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई ‘इन्स्योरेन्स एसिया अवार्ड’मा दुई अवार्ड

काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्सले इन्स्योरेन्स एसिया अवार्डमा दुई अवार्ड पाएको छ।

सिंगापुरमा आयोजित इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा कम्पनीले ‘डोमेस्टिक जेनेरल इन्स्योरर–नेपाल’ र ‘स्ट्राटजिक पार्ट्नरशिप अफ द इयर-नेपाल’ अवार्ड पाएको हो।

अवार्ड पाएपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सका डेपुटी जेनेरल म्यानेजर सञ्जय अर्यालले अवार्डले आफूहरूलाई नयाँ मापदण्ड बनाउन र सेवालाई अझै उत्कृष्ट बनाउन प्रेरित गरेको बताए।

दुवै अवार्डले डिजिटल सेवाहरू र एनसेल, इसेवा र खल्ती जस्ता कम्पनीहरूसँगको साझेदारीमार्फत वित्तीय समावेशीकरणलाई प्रवर्द्धन हिमालयन एभरेष्ट इन्स्योरेन्सले निर्वाह गरेको भूमिकालाई उजागर गरेको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार यी उपलब्धिहरूले बीमा उद्योगमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको नेतृत्व, नवप्रवर्तन र उत्कृष्टताप्रतिको समर्पणलाई बलियो बनाएको छ।

असार ३१, २०८१ मंगलबार ०८:१७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।