ट्रम्पले आफ्नै आलोचकलाई उपराष्ट्रपतिको उम्मेदवार बनाए

ट्रम्पले आफ्नै आलोचकलाई उपराष्ट्रपतिको उम्मेदवार बनाए

एजेन्सी : अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ओहायोका रिपब्लिकन सिनेटर जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवारका रूपमा चयन गरेका छन्।

ट्रम्पले सोमबार आफ्नो ट्रुथ सामाजिक सञ्जालमा यो घोषणा गरेका हुन्। पहिला ट्रम्पको आलोचक रहेका भान्स पछिल्लो समय सहयोगी बनेका छन्।

ओहायोबाट पहिलो पटक सिनेटरमा निर्वाचित भइसकेका भान्सले कन्जरभेटिभ मतको राम्रो आधार छ।

भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउनुले रिपब्लिकन पार्टीमा ठूलो संख्यामा कन्जरभेटिभ मतदातालाई आकर्षित गर्नसक्ने देखिएको छ।

भान्सले लामो समयदेखि रिपब्लिकन पार्टीको उपराष्ट्रपतिको उम्मेदवारको रूपमा उम्मेदवारी दिने अपेक्षा गरिएको थियो।

ओहायोका रिपब्लिकन सिनेटर रोब पोर्टम्यानले २०२२ को चुनावमा पुन: निर्वाचन नलड्ने घोषणा गरेपछि भान्सको सम्भावना बढेको थियो।

असार ३१, २०८१ मंगलबार ०७:५४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।