केपी ओलीले प्रधानमन्त्रीको सपथ लिएकै दिन पेट्रोलको मूल्य बढ्यो

केपी ओलीले प्रधानमन्त्रीको सपथ लिएकै दिन पेट्रोलको मूल्य बढ्यो

काठमाडौं : एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको सपथ ग्रहण गरेकै दिन नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। 

निगमले पेट्रोलको प्रतिलिटर ४ र डिजेलको ३ रुपैयाँ बढाएको हो।

जसअनुसार अब काठमाडौँमा पेट्रोलको मूल्य १७१ र डिजेलको मूल्य १६० पर्ने भएको छ।

निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको छ। बढेको मूल्य आज राति १२ बजेर १ मिनेटदेखि लागू हुने पनि निगमले जनाएको छ। 

 

 

 

असार ३०, २०८१ सोमबार २२:३३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।