कांग्रेसका बलबहादुर केसीलाई हराएका मानवीरलाई एमालेले दियो रक्षा मन्त्रालय पुरस्कार

कांग्रेसका बलबहादुर केसीलाई हराएका मानवीरलाई एमालेले दियो रक्षा मन्त्रालय पुरस्कार

काठमाडौं : राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएका  नवनियुक्त रक्षा मन्त्री मानवीर राईले आजै सिंहदरबारस्थिति मन्त्रालयमा पुगेर पदभार गरे।

उनले पहिलोपटक मन्त्रालय सम्हाल्ने जिम्मेवारी पाएका हुन्। एमालेले ३० वर्षपछि चुनाव जितेको हिमाली जिल्ला सोलुखुम्बूबाट राईलाई मन्त्री बनाएको हो। 

बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि सोलुखुम्बूमा एमालेले पहिलो पटक २०७९ सालमा चुनाव जितेको थियो। नेपाली कांग्रेसका प्रभावशाली नेता बलबहादुर केसीलाई हराएर राई एमालेको तर्फबाट निर्वाचित भएका थिए।

कांग्रेसका केसी सोलुखुम्बुबाट ०४८ पछि निरन्तर चुनाव लड्दै आएपनि तेस्रो पटक पराजित भएका थिए। पछिल्लो निर्वाचनमा राईले १९ हजार ३ सय २४ मत पाएर विजयी हुँदा कांग्रेसका केसीले १६ हजार ५ सय ४५ मत पाए।

बहुदलपछि भएका निर्वाचनमा ०६४ र ०७४ मा माओवादी केन्द्रले विजयी गरेको बाहेक बाँकी सबै पाँच निर्वाचन कांग्रेसले जित्दै आएको थियो। 

असार ३०, २०८१ सोमबार २१:४२:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।