वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा गायक रवि ओडले पाए सफाइ

वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा गायक रवि ओडले पाए सफाइ

काठमाडौं :  गायक रवि ओडले वैवाहिक बलात्कारको मुद्दामा सफाइ पाएका छन्। कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो।

आइतबार न्यायाधीश अर्यालको मुद्दा फाँट २ मा उक्त मुद्दाबारे सुनुवाइ भएको थियो। सुनुवाइपछि अदालतले अभियोग दाबी नपुग्ने फैसला गरेको कञ्चनपुर जिल्ला अदालतको वेबसाइटमा उल्लेख छ।

ओडविरुद्व उनकी श्रीमतीले गत चैत २० गते वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै इप्रका झलारीमा उजुरी दिएकी थिइन्। 

प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो। 

तर, उनी सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन्। विदेशबाट फर्किएपछि उनले आफैं प्रहरीसामु आत्मसमर्पण गरेका थिए। त्यसपछि ओड अदालतको आदेशपछि ५ लाख धरौटीमा रिहा भएका थिए।

कृष्णपुर नगरपालिकाका ओड नेपाल आइडल सिजन २ का विजेता हुन्।  

असार ३०, २०८१ सोमबार १९:३२:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।