कांग्रेसमा लागू नहुने 'कन्फ्लिक्ट अफ इन्ट्रेस्ट', हाइड्रो व्यापारीलाई उर्जा मन्त्रालयको जिम्मा

कांग्रेसमा लागू नहुने 'कन्फ्लिक्ट अफ इन्ट्रेस्ट', हाइड्रो व्यापारीलाई उर्जा मन्त्रालयको जिम्मा

काठमाडौं : प्रमुख प्रतिपक्षमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्टबारे चर्को वकालत गर्ने नेपाली कांग्रेसले आफू सत्ताधारी भएपछि हाइड्रोका लगानीकर्ता दीपक खड्कालाई उर्जा मन्त्री बनायो।

मेनपावर व्यवसायी डीपी अर्याल श्रम मन्त्री बन्दा होस् या प्रहरी अनुसन्धानमै रहँदा गृहमन्त्री बन्दा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुने भन्दै सदनमै कांग्रेसका सांसदहरू विरोध गरेका थिए।

टिच फर नेपालमा संलग्न शिशिर ढकाल शिक्षा मन्त्री नियुक्तहुँदा पनि कन्फ्लिक्ट अफ इन्ट्रेस्टबारे बहस भएको थियो।

त्यही कांग्रेसले १ सय २० मेगावट क्षमताको निर्माणाधीन लाङटाङ–भोटेकोसी जलविद्युत परियोजना अनि ४.७२ मेगावाटको मेन्छियाम जलविद्युत आयोजनाका प्रवर्द्धक खड्कालाई जलविद्युत परियोजनाबारे महत्वपूर्ण नीति बनाउने, निर्णय गर्ने उर्जाको मन्त्री बनायो।

खड्का उर्जामा संलग्न त छन् नै सामाजिक संस्था नेपाल स्काउटको लैनचौरमा रहेको जग्गा हडपेकोमा अनुसन्धानको दायरामा रहेका व्यापारी हुन्। कांग्रेसमा शशांक कोइराला निकट उनी कोइरालाकै कोटामा मन्त्री बने। 

असार ३०, २०८१ सोमबार १६:५२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।