प्रधानमन्त्री ओलीको नियुक्ति र सपथ विरुद्ध सर्वोच्चमा रिट दायर, साउन ६ गते सुनुवाइ

प्रधानमन्त्री ओलीको नियुक्ति र सपथ विरुद्ध सर्वोच्चमा रिट दायर, साउन ६ गते सुनुवाइ

काठमाडौं :  संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका केपी ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। 

सोमबार अधिवक्ताहरू दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ताले प्रधानमन्त्री ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरे। 

रिट निवेदकले संविधानको धारा ७६(२) अनुसारको प्रधानमन्त्री नियुक्ति बदर गर्दै ३ अनुसार नयाँ नियुक्ति गर्न माग गरेका छन्। रिटमाथिको सुनुवाइ साउन ६ गते हुने छ।

‘एउटा धारा फेल भएपछि अर्को धारामा जाने संविधानको व्यवस्था हो,’ रिटमा भनिएको छ, ‘संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुईभन्दा बढी दलको समर्थनमा प्रतिनिधि सभा सदस्यको रुपमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको र उनले विश्वासको मत नपाए ७६ (३) को सरकार बन्नुपर्ने संवैधानिक व्यवस्था हो, यसबाट बाहिर जान मिल्दैन।’ 

राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद् सचिवालय र प्रतिनिधिसभालाई विपक्षी बनाएर रिट दर्ता भएको अधिवक्ता यज्ञमणि न्यौपानेले जानकारी दिए।  

असार ३०, २०८१ सोमबार १६:१७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।