सिंहदरबार छिर्नुअघि बीपीलाई सम्झिन सानेपा पुगे कांग्रेस मन्त्रीहरू

सिंहदरबार छिर्नुअघि बीपीलाई सम्झिन सानेपा पुगे कांग्रेस मन्त्रीहरू

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसहितको २२ सदस्यीय मन्त्रिपरिषद्मा सामेल भएका कांग्रेसका मन्त्रीहरूले सिंहदरबार छिर्नुअघि पार्टी कार्यालय सानेपामा पुगेर बीपी कोइरालाको सालिकमा माल्यार्पण गरेका छन्।

उपप्रधान एवं शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालगायतले रत्नपार्कको शान्तिवाटीकामा पुगेर गणेशमान सिंहको सालिकमा माल्यार्पण गरे। 

मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गरेकाहरूलाई राष्ट्रपति पौडेलले आइतबार नियुक्त गरे। उनीहरूले सोमबार पद तथा गोपनीयताको सपथ लिइसकेका छन्। 

पार्टी कार्यालयमा माल्यार्पण गरेलगत्तै मन्त्रीहरू आ-आफ्ना मन्त्रालयतर्फ लागेका छन्।  

असार ३०, २०८१ सोमबार १५:४६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।