जो १७ औं पटक मन्त्री बने

जो १७ औं पटक मन्त्री बने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्मा १७ पल्ट मन्त्री बनेका शरतसिंह भण्डारी फेरि अर्कोपटक अटाए। 

लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)बाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका उनले पद तथा गोपनीयताको सपथ लिइसकेका छन्। ओली सरकारमा उनी छैटौं बरियतामा छन्। 

महाेत्तरी–२ बाट निर्वाचित उनी यसअघि १६ पटक मन्त्री बनिसकेका छन्। 

२०४३ सालमा मरिचमान सिंह श्रेष्ठको नेतृत्वमा पहिलाेपटक सहायक मन्त्री बनेका भण्डारी यसअघि कांग्रेस-माओवादीको  प्रचण्ड सरकारमा मन्त्री बने उनी १६ औँ पटक मन्त्री बनेका थिए। त्यसबेला पनि उनी मन्त्री बनेका थिए। 

गणतन्त्र स्थापनापछि २०६६ मा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालको नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भए। 

त्यसपछि २०६८ मा तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्वमा रक्षा मन्त्री भए। त्यसबेला उनले दिएको एक अभिव्यक्तिका कारण भण्डारीलाई प्रधानमन्त्रीले पदमुक्त गरेका थिए।

पछिल्लोपटक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०६८ जेठमा भण्डारीलाई उर्जा मन्त्री बनाएका थिए। तर, सर्वोच्च अदालतको एक फैसलाले उनी १३ दिन मै पदमुक्त भएका थिए।

उनी २०३८ देखि २०७९ सालसम्म्म आइपुग्दा विभिन्न दलहरूलाई प्रयोग गरेर इतिहासमा नै सबैभन्दा बढी पटक मन्त्री हुने नेताका रूपमा दर्ज भए। 

असार ३०, २०८१ सोमबार १४:२४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।