एक महिनाभित्र संघीय अस्पतालहरूमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने मन्त्री पौडेलको प्रतिबद्धता

एक महिनाभित्र संघीय अस्पतालहरूमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने मन्त्री पौडेलको प्रतिबद्धता

काठमाडौं : नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्र संघीय अस्पतालहरूमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सोमबार रामशाह पथस्थित मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

पदभार ग्रहरण कार्यक्रममा उनले क्यान्सर रोगीहरूको उपचार प्रणालीमा एकरूपता ल्याउने र स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गरि सबैलाई समेट्ने गरी दुई निर्णयमा हस्ताक्षर गरे।

मन्त्री पौडेलले एक साताभित्र तत्कालीन र एक महिनाभित्र दीर्घकालीन योजना तयार पार्ने प्रतिबद्धता पनि व्यक्त गरे।

असार ३०, २०८१ सोमबार १४:१३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।