प्रधानमन्त्री ओलीको सपथ ग्रहणमा जे देखियो (फोटो फिचर)

प्रधानमन्त्री ओलीको सपथ ग्रहणमा जे देखियो (फोटो फिचर)

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

नवनियुक्त ओलीसँगै कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले आफ्ना मन्त्री सरकारमा पठाएका छन्।

प्रधानमन्त्री ओलीले आफ्नो शपथग्रहणसँगै २१ सदस्यीय मन्त्रिपरिषद्को गठन गरेका हुन्।

शपथग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरू, सांसद, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो।

असार ३०, २०८१ सोमबार १३:५९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।