सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं : साताको दोस्रो दिन सुनचाँदीको मूल्य बढेको छ।

आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढ्दा चाँदी तोलाको १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सोमबार छापावाल सुन तोलाको १ लाख ४६ हजार ९ सय रुपैयाँ कायम भएको छ। यस्तै तेजाबी सुन तोलाको १ लाख ४६ हजार २ सय रुपैयाँ पुगेको छ।

उता चाँदीको मूल्य पनि आइतबारको तुलनामा सोमबार बढेको छ। सोमबार चाँदी तोलाको १ हजार ८८५ रुपैयाँ पुगेको छ।

आइतबार छापावाल सुन तोलाको १ लाख ४६ हजार सात सय रुपैयाँ हुँदा चाँदी तोलाको १ हजार ८७५ रुपैयाँ थियो।

असार ३०, २०८१ सोमबार १३:४०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।