राष्ट्रपति पौडेलद्वारा विनियोजन विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलद्वारा विनियोजन विधेयक प्रमाणीकरण

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले विनियोजन विधेयक २०८१ प्रमाणीकरण गरेका छन्।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको विधेयक राष्ट्रपति पौडेलले आइतबार प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

संघीय सदनको दुवै सदनको बैठकबाट पारित भएको विधेयक १५ दिनको अवधिभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

विनियोजन विधेयक संसदमा पेश गरेर प्रतिनिधि सभाबाट पारित भइसकेपछि निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार ढलेको थियो।

त्यसपछि राष्ट्रिय सभाबाट विधेयक पारित गर्नका लागि कांग्रेस र एमालेका सांसदहरूले आनाकानी गरेका थिए। तर माथिल्लो नेतृत्वबाट दबाब आएपछि उनीहरू पारित गरेका हुन्।

असार ३०, २०८१ सोमबार १२:२७:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।