गुट मिलाउँदै कांग्रेस-एमालेले टुंग्याए मन्त्री, कांग्रेसमा विवादितलाई मौका

गुट मिलाउँदै कांग्रेस-एमालेले टुंग्याए मन्त्री, कांग्रेसमा विवादितलाई मौका

काठमाडौं : नेपाली कांग्रेस र एमालेले आन्तरिक गुट अनुसार मन्त्री बनाएका छन्।

कांग्रेसबाट प्रकाशमान सिंह उपप्रधान तथा शहरी विकास मन्त्री बन्दा गृहमा रमेश लेखक, परराष्ट्रमा आरजु राणा, ऊर्जामा दीपक खड्का, वन तथा वातावरणमा ऐनबहादुर शाही, कानून मन्त्रालयमा अजय चौरसिया, युवा तथा खेलकुदमा तेजुलाल चौधरी, पर्यटनमा बद्री पाण्डे, स्वास्थ्यमा प्रदीप पौडेल र कृषि मन्त्रालयमा रामनाथ अधिकारी छानिएका छन्।

कांग्रेसबाट ऊर्जा मन्त्री बनेका दीपक खड्कामाथि लैनचौरस्थित नेपाल स्काउटको तीन रोपनी जग्गा भाडामा लिएर सत्ता र शक्तिको बलमा १२ रोपनीमा कब्जा जमाएको आरोप छ। खड्काले सम्झौताविपरीत नेपाल स्काउटको थप नौ रोपनी जग्गा हडपेर ब्यांक्वेट, रेस्टुराँ र वर्कसपलगायत व्यवसाय चलाएका छन्।

यस्तै परराष्ट्रमन्त्री एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती आरजु राणा भुटानी शरणार्थी र जग्गा प्रकरण नाम जोडिएकी व्यक्ति हुन्। यस्तै टीकापुरमा सार्वजनिक घोटाला गरेको आरोप पनि उनीमाथि छ।

एमालेबाट विष्णु पौडेल उपप्रधान तथा अर्थ मन्त्री बन्दा सञ्चारमा पृथ्वीसुब्बा गुरुङ, भूमि व्यवस्था तथा सहकारीमा बलराम अधिकारी, रक्षामा मानवीर राई छानिएका छन्। यस्तै राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन, देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात र दामोदर भण्डारी उद्योगमन्त्री बन्दा विद्या भट्टराईले शिक्षा मन्त्रालय सम्हाल्नेछिन्।

असार ३०, २०८१ सोमबार १२:१२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।