प्रकाशमान सिंह र विष्णु पौडेलले लिए उपप्रधानमन्त्रीको शपथ

प्रकाशमान सिंह र विष्णु पौडेलले लिए उपप्रधानमन्त्रीको शपथ

काठमाडौं : नवनियुक्त उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

नेपालको संविधानको धारा ८० बमोजिम उपप्रधानमन्त्रीद्वय सिंह र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्रीको शपथ गराए।

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र एमालेले पुस १७ गते मध्यरात नयाँ सरकार बनाउने सहमति गरेसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार धरमराएको थियो।

असार १८ गते ‌ओलीले प्रचण्डलाई राजीनामा दिन आग्रह गरे पनि राजीनामा नदिएपछि एमालेले १९ गते मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

त्यसपछि प्रचण्डले विश्वासको मत लिनका लागि असार २८ गते प्रतिनिधि सभामा समय मागेका थिए। तर, विश्वासको मत लिँदा बहुमत नपुगेपछि उनी कामचलाउ प्रधानमन्त्रीको रूपमा कायम भएका थिए।

असार ३०, २०८१ सोमबार १२:०५:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।