ओलीले लिए प्रधानमन्त्रीको शपथ

ओलीले लिए प्रधानमन्त्रीको शपथ

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

नवनियुक्त प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा ८० बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

ओली नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त भएका थिए।

संसदको सबैभन्दा ठूलाे दल नेपाली कांग्रेस र एमालेले पुस १७ गते मध्यरात नयाँ सरकार बनाउने सहमति गरेसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार धरमराएको थियो।

असार १८ गते ‌ओलीले प्रचण्डलाई राजीनामा दिन आग्रह गरे पनि राजीनामा नदिएपछि एमालेले १९ गते मन्त्री फिर्ता बाेलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदा बहुमत नपुगेपछि उनी कामचलाउ प्रधानमन्त्रीको रूपमा थिए।

असार ३०, २०८१ सोमबार ११:५५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।